इन्डियन प्रिम्रीयर लिग आईपीएलको १४ औँ संस्करण आज बाट सुरु हुदैछ । प्रतियोगीताको पहिलो खेलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबीच प्रतिश्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साझ ७ः४५ बजे हुनेछ ।
यस्तै आईपीएलको फ्रेन्चाइज टोली चेन्नई सुपर किङ्सले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोर्फलाई अनुबन्ध गरेको छ।
चेन्नईले बेहरेनडर्फलाई जस हेजलवुडको स्थानमा क्लबमा भित्र्याएको हो। बेहरेनडर्फले आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलिसकेका छन्। बेहरेनडर्फ आईपीएलको अक्सनमा भने अनसोल्ड रहेका थिए।
यसअघि व्यस्त अन्तर्राष्ट्रिय कार्यक्रम र पारिवारिक कारणले हेजलवुडले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।
प्रतिक्रिया