स्पेनिस ला लिगा : आज एल क्लासिको भीडन्त

शनिबार, २८ चैत्र २०७७, ११ : ५७

स्पेनिस ला लिगा अन्तरगर्त आज एल क्लासिको हुदैछ। एल क्लासिकोमा दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिड भिड्दै छन्।

खेल नेपाली समय अनुसार रती  १ः४५ बजे  रियलको मैदानमा हुने छ। 

यसअघि भएको पहिलो क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ ले पराजित गरेको थियो। 

आजको खेलमा बार्सिलोना विजयी भएको खण्डमा शिर्ष स्थानमा उक्लनेछ । यदि रियाल विजयी भएमा शिर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गर्नेछ ।

बार्सिलोनाका लागि मेस्सीको प्रदर्शन नै मुख्य हुनेछ । यो सिजनमा मेस्सीले २३ गोल गरिसकेका छन । यता रियालका लागि करिम बेन्जिमाको भुमीका टिमको जितमा महत्वपुर्ण हुनेछ । उनले यो सिजनमा अहिलेसम्म १८ गोल गरेका छन ।

स्पेनिस लिगमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन्।
 

शनिबार, २८ चैत्र २०७७, ११ : ५७

प्रतिक्रिया