पोखरामा जारी १९ औँ आहा रारा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ ।
आज भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएशनलाई ४–२ गोलले हराउँदै संकटाले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरे पछि ३० मिनेटको समय थपिएको थियो । थपिएमा कुनै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले समान एक–एक गोल गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता संकटाले १० लाख १ हजार रुपैँया पुरस्कार हात पारेको छ । उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया