चेन्नेई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई १२ लाख जरिवाना लागेको छ । शनिबार राति भएको दिल्ली विरुद्धको खेलमा चेन्नेईले तोकेको समय भन्दा बढि समय लगाएर खेल सकेको भन्दै आइपिएलले धोनीमाथि १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको हो ।
शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको छ ।
धोनिले स्थानीय समय अनुसार साँढे सात बजेबाट हुनुपर्ने खेललाई आठ बजे गरेको खण्डमा उचित हुने र सिट हटाउन पनि पर्याप्त समय हुने धारणा राखेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यही सिजन देखि ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने र बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा जरीवाना गराइने नयाँ नियम बनाएको थियो ।
जसअनुसार २० ओभरको खेललाई ९० मिनेटभित्र टुंग्याइसक्नुपर्ने छ । यसअघि २० औं ओभर ९० मिनेटमा सुरु गर्नुपर्ने बाध्यता रहे पनि अब भने ९० मिनेटभित्रै २० ओभर समाप्त गरिसक्नुपर्ने जनाइएको छ ।
बलिङ गर्ने टिमले निर्धारित समयभित्र म्याच समाप्त नगरेमा त्यस्तो टिमको कप्तानलाई १२ लाख रुपैयाँदेखि लिएर ३० लाख रुपैयाँसम्म जरिवाना हुनेछ । अम्पायरले कप्तानलाई एक म्याचका लागि प्रतिवन्धसमेत लगाउन सक्ने नियम बनाइएको थियो।
प्रतिक्रिया