नयाँ वर्षको अवसरमा रिचार्जरद्वारा न्यू इयर सेल सार्वजनिक, ७० प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं - नयाँ वर्षको अवसरमा इकमर्श प्लेटफर्म रिचार्जरले 'न्यू इयर सेल' अफर सार्वजनिक गरेको छ । 

मोबाइल एप प्रयोगकर्ताका लागि रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।

अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । 

नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने बताए ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाहरुको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया