इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरर्गत आज कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदरावाद भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे चेन्नईको चेपक स्टेडियममा हुनेछ ।
कोलकाता २०१२ र २०१४मा च्याम्पियन बनिसकेको छ भने, सनराइजर्स २०१६ को विजेता रहेको छ । यो सीजनमा आईपीएलमा दुई जनामात्र विदेशी कप्तान रहेका छन् ।
कोलकाताको कप्तानी इंग्ल्याण्डका इयोन मोर्गन र हैदरावादको कप्तानी अस्ट्रेलियाका डेविड वार्नरले सम्हालिरहेका छन् । पछिल्लो सिजन दुवै खेलमा कोलकाताले हैदरावादलाई पराजित गरेको थियो ।
दुई टोलीबीच १९ खेल भएकोमा कोलकाताले १२ र हैदराबादले ७ खेल जितेको छ ।
प्रतिक्रिया