गुगल पेद्वारा स्प्रिङ च्यालेन्ज कन्टेस्ट सार्वजनिक, सहभागी प्रयोगकर्तालाई ३० डलर पुरस्कार

३ बर्ष अगाडि

काठमाडौं - गुगल पेले आफ्ना प्रयोगकर्ताका लागि १० दिनको स्प्रिङ च्यालेन्ज कन्टेस्ट सार्वजनिक गरेको छ ।  

यस च्यालेन्जमा सहभागी हुने प्रयोगकर्ताहरुले ३० डलरसम्मको पुरस्कार जित्नसक्ने छन् ।

सोमबार अर्थात् १२ अप्रिलदेखि लाइभ भएको यस च्यालेन्जमा आधारभूत गाइडलाइनहरु कम्पनीले सार्वजनिक गरिसकेको छ ।

यसअन्तर्गत प्रयोगकर्ताहरुले स्ट्याम्प कलेक्ट गर्नुपर्ने हुन्छ । पाँचवटा युनिक स्ट्याम्प संकलन गर्ने प्रयोगकर्ताहरुले ३० डलरको रिवार्ड जित्नसक्ने छन् । 

जसमा प्रत्येक स्ट्याम्प रोबिन, बियर, एलिगेटर, इल्क र फक्सका रहने छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया