आइपीएल: डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी बने सन्जु !

मंगलबार, ३१ चैत्र २०७७, ०८ : २९

इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाब किङ्सले विजयी सुरुवात गरेको  छ।  सोमबार राति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ४ रनले हराउँदै पन्जाबले जित हासील गरेको हो।

पन्जाबले राजस्थानलाई २ सय २२ रनको लक्ष्य दिएको थियो । 

राजस्थानले  २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनमात्र बनाउन सक्यो । राजस्थानका लागि कप्तान सन्जु सामसनले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। 

विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरे।सन्जु आइपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी हुन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

मंगलबार, ३१ चैत्र २०७७, ०८ : २९

प्रतिक्रिया