माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टीमको जर्सी स्पोन्सर गरेको छ । आइएनजी समुह अन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ्ग मोबाइल एप्लिकेशन माइ सेकेण्ड टिचरले जर्सी स्पोन्सर गरेको हो ।
नेपालले मार्च २०२२ सम्म खेल्ने अन्तर्राष्ट्रिय तथा एक दिवसीय अन्तर्राष्ट्रिय २०–२० खेलका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ्ग रेगुलेसन अनुसार नेपाल क्रिकेट संघ (क्यान) सँग सोमबार सम्झौता गरेको छ ।
सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै स्थानहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिनेछ भने आइएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्नेछ ।
नेपाली क्रिकेट टोलीको जर्सीको बित्तीय अधिकार प्रदान गरेको एड प्याड मार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो । क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो ।
प्रतिक्रिया