आईपीएल: मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्स भिड्दै

मंगलबार, ३१ चैत्र २०७७, १२ : ०८

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज  मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्स भिड्दैछन् । खेल  चेन्नईको चेपक स्टेडियममा साँझ नेपाली समयअनुसार ७ः४५ बजे सुरु हुनेछ ।

कोलकाताले आइतबार सनराइजर्स हैदराबादलाई १० रनले हराएको थियो । गत सिजन दुवै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स बैंग्लुरुले २ विकेटले हराएको थियो ।

हेड टु हेड रेकर्डमा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । यसमध्ये मुम्बईले २१ वटामा जीत हासिल गरेको छ भने कोलकाताले मात्र ६ वटा खेल जितेको छ ।

साबिक विजेता मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले २ पटक उपाधि जितेको छ । यद्यपि, पछिल्ला दुई सिजन टोली प्लेअफमा पुग्न सकेको छैन ।

मंगलबार, ३१ चैत्र २०७७, १२ : ०८

प्रतिक्रिया