आइपीएलमा मुम्बई इण्डियन्सले जित हासील गरेको छ । मंगलबार राती भएको खेलमा मुम्बईले कोलकत्तालाई १० रनले हराएको हो ।मुम्बई यसअघि बेंग्लोरसँग हारेको थियो ।
मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए ।
कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्यो पर्याप्त भएन । त्यसअघि १५३ रनमा अलआउट भएको मुम्बईका लागि सुर्यकुमार यादवले ५६ र रोहित शर्माले ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले पाँच विकेट लिए । जितसँगै मुम्बई २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै बलिउड सुपरस्टार शाहरुख खान टीम केकेआरका सह मालिक हुन् । हालै केकेआरले चेन्नईमा मुम्बई इन्डियन्ससँग एक खेल खेल्यो । जसमा केकेआरले हार व्यवहोर्नुपर्यो । यसै हारपछि केकेआरका प्रशंसक उनीसँग निकै रिसाएको देख्न सकिन्छ । प्रशंसक रिसाएको देखेपछि शाहरुख खानले केकेआरको हारका लागि एउटा ट्वीट गरेर माफी मागेका छन् ।
उनले लेखेका छन् , ‘निराशाजनक प्रदर्शन, कम शब्दमा भन्नेछु, सबै कोलकाता नाइट राइडर्स प्रशंसकसँग माफी चाहन्छु ।’
Disappointing performance. to say the least @KKRiders apologies to all the fans!
— Shah Rukh Khan (@iamsrk) April 13, 2021
प्रतिक्रिया