त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताको लागी नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालसँगै नेदरल्याण्ड र मलेसिया सम्मिलित बजाज पल्सर ट्राई नेसन टी २० सिरिज
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार प्रथियोगीताका लागी लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा लागि १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कप्तान मल्लसहित, उपकप्तान दिपेन्द्र सिंह ऐरि, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनास वोहोरा, आरिफ सेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, साहब आलम, कमल सिंह ऐरि र सुसन भारी छन्।
खेल यही बैशाख ४ गते देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुनेछ।
पहिलो खेलमा नेपालले नेदरल्याण्डसँग खेल्नेछ भने दोस्रो खेलमा सोमबार मलेसियासँग खेल्नेछ।
यस्तै त्रिकोणात्मक टि–२० शृंखलाको प्रत्यक्ष प्रसारण विश्वका १ सय ४१ देशबाट हेर्न सकिने भएको छ । नेपालमा प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने क्यानले जनाएको छ।
प्रतिक्रिया