पाकिस्तानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान बबर आजम एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले हालै सार्वजनिक गरेको वरीयता विराट कोहली लाई उछिन्दै आजम पहिलो नम्बरमा आएका हुन् ।
आईसीसी मेन क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गतको दक्षिण अफ्रिकासंगको हालै सम्पन्न खेलमा बबर आजमले ८२ बलमा ९४ रन जोडेका थिए। यस नतिजाबाट ८६५ अंक सहित बबर आजम एक दिवसीय क्रिकेटमा उत्कृष्ट १३ औं खेलाडीको सुचिमा उक्लिएका थिए।
यस्तै बरीयताको दोश्रो नम्बरमा भने विराट कोहली र तेश्रो नम्बरमा रोहित शर्मा रहेका छन् ।
प्रतिक्रिया