रामोस बिनै  रियल लिभरपुल सँग भिड्ने

बुधबार, ०१ बैशाख २०७८, १७ : ५९

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज रियल मड्रिड र  लिभरपुल प्रतिस्पर्घा गर्दैछन् ।

घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ३–१ ले पराजित गरेको थियो ।

यस खेलको विजेताले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ । खेल लिभरपुलको मैदानमा  नेपाली समय अनुसार राती १२ः४५ बजे शुरु हुनेछ ।

लिभरपुलविरुद्ध रियलका कप्तान सर्जियो रामोसले खेल्ने छैनन् । उनी कोरोना भाइरसको संक्रमणको कारण टिम बाहिर रहेका छन् ।

बुधबार, ०१ बैशाख २०७८, १७ : ५९

प्रतिक्रिया