राजस्थान रोयल्सका ब्याट्सम्यान बेन स्टोक्स जारी आईपीएल नखेल्ने भएका छन् । बायाँ हातको औँला भाँच्चिएपछि स्टोक्सले बाँकी खेलहरु खेल्न नसक्ने भएका हुन्।
किङ्स इलेभेनविरुद्ध भएको पहिलो खेलमा क्रिस गेललाई क्याच आउट गर्न खोज्दा डाइभ गर्नेक्रममा स्टोक्सको औँलामा चोट लागेको भारतीय संञ्चारमाध्यमले जनाएका छन् । उनको स्थान लिने खेलाडीको बारेमा राजस्थानले कुनै निर्णय गरिसकेको छैन।
२९ वर्षीय स्टोक्सले टेस्टमा १० सतक र २४ अर्धसतक, एकदिवशीयमा ३ सतक र २१ अर्धसतक तथा टीट्वेन्टी क्रिकेटमा २ सतक र १० अर्धसतक बनाएका छन्। राजस्थानले यो सिजनका लागि स्टोक्सलाई साढे १४ करोड भारतीय रुपैयाँमा आबद्ध गरेको थियो।
प्रतिक्रिया