युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेष्टर सिटी

विहीबार, ०२ बैशाख २०७८, ०७ : २९

एजेन्सी - इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बवरुसिया डर्टमण्डलाई समग्रमा ४-२ ले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । 

पहिलो लेगमा घरेलु मैदानमा २-१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि जीत हात पारेको हो । जुडे बेलिङ्गटनले १५औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । 

सिटीका लागि रियाद महारेजले ५५औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै जित दिलाए ।

सिटीले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ ।

विहीबार, ०२ बैशाख २०७८, ०७ : २९

प्रतिक्रिया