इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले जित हात पारेको छ । हिजो भएको खेलमा बैंगलोरले
सनराईजर्स हैदराबादलाई ६ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै हैदराबादलाई १४९ रनको लक्ष्य दिएको थियो ।
बैंगलोरका लागी अष्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलको ५९ रन जोडे भने कप्तान विराट कोहलीले ३३ रनको योगदान गरे।
यस्तै ग्लेन म्याक्सवेल खेलका म्यान अफ दि म्याच घोषित भएका छन् । बैंगलोरको यो लगातार दोस्रो जीत हो।
जीत सँगै बैंगलोर प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली डियरडेभिल्स बीच मुम्बईको वांखेडे मैदानमा प्रतिस्पर्धा हुँदैछ।
प्रतिक्रिया