नेपाली बजारमा ओपो ए५४ सार्वजनिक, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड, ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ । 

आजको पुस्ता, फोनले आफ्ना आवश्यकता पूर्ति गर्दै दैनिकीमा सहजता प्रदान गरोस् भन्ने चाहना राख्छन् । त्यसैगरी, उक्त फोनले हाई एन्ड परफरमेन्स दिनुका साथै सुन्दर डिजाइन सहितको होस् भन्ने चाहन्छन् । ए५४मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिनाफोन प्रयोग गर्ने मौका प्रदान गर्छ भने यसमा रहेको ओक्टा९कोर प्रोशेसरले अझ धेरै कार्य सम्पादन तथा पर्याप्त मनोरञ्जन लिन समेत सघाउँछ । ६.५१९ ईञ्च पञ्च/होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८ जीबी रोमको ब्यवस्था गरिएको छ । 

एसिरिजको डिजाइन, प्रयोगकर्ताले प्रविधिलाई अझ रमाइलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ गरिएको हो । नयाँ पुस्ता, प्रविधिले तिनलाई सक्रिय सामाजिक जीवनशैली जिउन सघाओस् भन्ने चाहन्छन् । तिनको यो चाहनाको सटीक सम्बोधन गर्नुका साथै यसमा समकालीन डिजाइन पनि दिइएको छ । 

यसमा रहेको ५०००एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ । स्मार्टफोनले चाहेको जस्तो परफर्मेन्स नदिँदा हुने तनावको समाधानका रुपमा ओपो ए५४ मा पर्याप्त सञ्चय क्षमता र मेमोरी पनि दिइएको छ । 

ब्याट्री र चार्जिङ
ओपो ए५४ मा जडित ५००० एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि गर्न सकिन्छ वा १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ वा २३ घण्टा ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ । 

ए५४ मा ८ सय पटक सम्म ढुक्क भई फोनको चार्ज गर्न सकियोस् भन्ने सोचका साथ सेफ्टी फिचर्स पनि दिइएको छ । ए५४ माचार्जिङका दौरान प्रयोगकर्ताको सुरक्षार्थ ब्याट्री ओभरचार्ज वा ओभर/डिस्चार्ज प्रोटेक्सन्स, शर्ट सर्किट वा ओभरकरेन्ट प्रोटेक्शन लगायत चार्जिङ प्रोटेक्सन डिजाइन पनि दिइएको छ । 

दुई दिनको पूर्ण प्रयोग पछि पुनः फोन चार्ज गर्नु पर्दा ए५४ मा समाहित १८ वाट फास्ट चार्जले मात्र २ घण्टा २३ मिनेट भित्रै फोनलाई पूर्णरुपमा चार्ज गर्छ । टाइप-सी कनेक्टरको प्रयोग हुने ए५४ मासुपर पावर सेभिङ मोड, सुपर नाइट टाइम स्ट्यान्ड बाई, अप्टिमाइज्ड नाइट चार्जिङ स्मार्ट टेम्परेचर कन्ट्रोल लगायत चार्जिङका बखत सुरक्षा प्रदान गर्ने फिचर्स पनि दिइएको छ ।

रोम र डिस्प्ले
४जीबी ¥याम र १२८ जीबी रोम सहितको ए५४ मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६ जीबी सम्म बढाउन सक्छन् । मिडियाटेक हेलियो पी३५ (एमटी६७६५) ओक्टा-कोर प्रोशेसर जडित ए५४ मा हाईपरबुस्ट, डुअल च्यानल एक्सिलिरेशन (मोबाइल नेटवर्क वावाईफाई बिच विनारुकावत स्विट्च गर्न सघाउने) सपोर्टका साथै तुलनात्मकरुपमा ठूलो अवाज फाल्ने क्षमता सहितको स्पिकरको पनि ब्यवस्था गरिएको छ । फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४ मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ ।

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडीं स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथप्रदान गर्छ । यसमा ८९.२५ स्क्रिन-टू-बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च९होल डिस्प्लेको प्रयोग गरिएको छ । साथै यसको फ्रण्ट क्यामेराको वरपर रहेको रिंग, चहकिलो सेल्फीका लागि बल्ने पनि गर्छ । 

त्यसैगरी ए५४ मा हरेक अवस्थामा स्पष्ट हेर्न सकिने स्क्रिनका लागि सनलाइट स्क्रिन एण्ड मुनलाइट स्क्रिनको पनि ब्यवस्था गरिएको छ । समय संगै प्रयोगकर्ताको ब्राइटनेस प्रिफरेन्स (प्राथमिकता)का बारेमा जानकारी राख्दै फोनले स्वचालित रुपमा स्क्रिनको ब्राइटनेस सेटिङ समायोजन गर्ने क्षमताका लागि यसमा एआइ ब्याकलाइटिङ फिचरको पनि ब्यवस्था गरिएको छ । ए५४ ले प्रयोग कर्तामा फोनको प्रयोगका कारण सम्भावित जोखिम न्यूनिकरणका लागि नीलो प्रकाशको प्रयोग सके सम्म न्यून मात्रा गर्छ ।   

डिजाइन र सेल्फी
ए५४ को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ । फोनको रियर (पछिल्लो) कभरको थ्रीडी प्यानलका लागि  मेटालिक धातुको प्रयोग गरिएको छ । यसले गर्दा फोन बलियो र सजिलै नबांगिने हुनुका साथै बोक्दा आरामदायी अनुभव समेत प्राप्त हुन्छ । ए५४ को वजन १९ २ग्राम र मोटाई जम्मा ८.४ एमएम छ ।

त्यसै गरी फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधि पनि उपलब्ध गरिएका छन् । ए५४ मा प्रायःहाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेराले आउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ । यसमा रहेका रियर क्यामेराले १३ एमपी मेन क्यामेरा, नजिकका शट्सका लागि २एमपीमाक्रो क्यामेरा र उत्कृष्ट बोके शट्सका लागि २ एमपीबोके क्यामेराको प्रयोग गर्छ । 

त्यसैगरी हरेक अवस्थामा उत्कृष्ट तस्विरका लागि फोनमा ब्याकलाइट एचडीआर, ड्याजलकलर, एआई सिन रिकग्निशन लगायत फिचर्सहरु पनि उपलब्ध गरिएका छन् । त्यसैगरी अल्ट्रानाइट मोड, फ्रण्ट तथा रियर क्यामेरा दुबैका लागि १५ ओटा उत्कृष्ट फिल्टर्स र १८० डिग्री प्यानारोमा फिचर पनि फोनमा उपलब्ध छन् ।

ए५४ माएआई ब्यूटि फिशेन सुविधा सहितको १६ एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ । यसमा रहेको बोकेले, बोके ईफेक्टका साथै तस्विर मा ब्यूटिफिकेशन र फिल्टर्सको सुविधा पनि प्रदान गर्छ । फोनको रियर क्यामेराले ९० एफपीएसमा ७२० पीको स्लो-मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ । साथै, अरिजिनल, जेन्टल, नून, सब्टल लगायत १० भिडियो फिल्टर्स पनि उपलब्ध छ ।

मियम गुणस्तर र सहजता ओपो ए५४ ले ए सिरिजका प्रमुख विशेषतालाई निरन्तरता दिँदै डिजाइन देखि सुरक्षा फिचर्सका साथै उच्च गुणस्तर र प्रयोगकर्ताको सहजतालाई विशेष प्राथमिकता दिएको देखिन्छ । फोनमा दिइएको कलरओस ७.२ मार्फत कम्पनीले ब्ल्याक स्क्रिन मोडपनि उपलब्ध गराएको छ । यो फिचरले ब्याटी बचतका लागि उल्लेख्य सहयोग प्रदान गर्छ । साथै कलरओएस ७.२ ले तस्विरमा रहेका अक्षरलाई प्रयोगकर्ताले बुझ्ने भाषामा अनुवाद गर्न सघाउने फोटो ट्रान्सलेटर फिचर पनि उपलब्ध गराउँछ ।

फोनको प्रिमियम गुणस्तरलाइ अझ माथी लैजान कम्पनीले ए५४ मार्फत, ल्याबोरेटरी सेटिङ कन्डिशनमा ईन्डष्ट्रि स्ट्याण्डर्ड आईपीएक्स ४ वाटर प्रुफ प्राप्त गरेको छ । यसका साथै ५ तहको सुरक्षा उपलब्ध गराउन कम्पनीले ¥याडिएशन, क्लाइमेट, स्लाइट ड्रप र सिग्नल लगायत अन्य प्रिसिजन क्वालिटी ट्स्टपनि अपनाएको छ ।  फोनमा गुणस्तरको सुनिश्चितताका लागि ए५४ ले ५० प्रडक्शन प्रोेसेस कन्ट्रोल, १३० भन्दा बढी अल्ट्रा-रिगोरियोस रिलाइबिलिटी टेस्ट्स र ३२० भन्दा बढी एक्स्पेरिमेन्टल टेस्ट्समा पनि सफलता पूर्वक उत्तिर्ण भए पश्चात मात्र बजारमा ल्याइन्छ ।

बजार उपलब्धता
आजैका मितिबाट ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ । ४ जीबी ¥यामर १२८ जीबी रोम सुुसज्जित ओपो ए५४ को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया