काठमाडौंमा हुने त्रिकोणात्मक टी–२० सिरिजको ट्रफी सार्वजनिक भएको छ । भोलि (शनिबार) देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको हो।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याण्ड्सका कप्तान पिटर सिलर र मलेसियाका कप्तान अजिजले शुक्रबार सोल्टी होटलमा ट्रफी सार्वजनिक गरेका हुन्।
प्रतियोगिताको पहिलो खेलमा शनिबार नेपालले नेदरल्यान्डस्ससँग प्रतिस्पर्धा गर्नेछ । सोमबार नेपाल र मलेसियाबीचको खेल हुनेछ ।
नेपालले नेदरल्यान्डसँगको दोस्रो खेल मंगलबार खेल्ने भने बिहीबार मलेसियासँग दोस्रोपटक भिडन्त हुनेछ ।
कोरोना भाइरस महामारीका कारण लामो समय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु ठप्प भएपछि तीनवटै देशमा क्रिकेट गतिविधि घटेको छ । यी तीनै देश महामारीपछि पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन लागेका हुन् ।
यता पारस खड्काले त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएका खड्काले नेपालमा भोली देखि हुने नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका हुन् ।
प्रतिक्रिया