आइपिएल: चेन्नाइ सुपर किंसकाे पहिलो जीत, आज मुम्बई र हैदराबाद भिड्दै

शनिबार, ०४ बैशाख २०७८, ११ : ४२

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाइ सुपर किंस पहिलो जीत हात पारेको छ ।मुम्बईको वानखेडे स्टेडियममा गयराति सम्पन्न खेलमा पञ्जाब किङ्सलाई चेन्नाइले पंजावलाई ६ विकेटले पराजित गरेको हो ।

 टस हारेर ब्याटिङ गरेको पंजावले २० ओभरमा ६ विकेट गुमाएर पञ्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । 

जितसँगै चेन्नईले २ खेलमा २ अङ्क जोडेको छ । पञ्जाबले पनि २ खेलमा २ अङ्क नै जोडेको छ ।

यस्तै आज साँझ मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्धपर्धा गर्नेछ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा  खेल राति पौने ७ः४५ बजेबाट सुरु हुनेछ । 

शनिबार, ०४ बैशाख २०७८, ११ : ४२

प्रतिक्रिया