घरेलु तथा साना उद्योग महासङ्घको महाअधिवेशन जेठमा

३ बर्ष अगाडि

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ ।

महासङ्घको आज भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले बताए ।

बैठकले नेपाल नवीकरणीय ऊर्जा परिसङ्घसँग एकीकरण गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ । परिसङ्घ नेपालमा नवीकरण ऊर्जा प्रविधि विकासमा क्रियाशील निजी क्षेत्रका कम्पनीहरूको छाता सङ्गठन हो । 

यसैबीच, नेपाल उद्योग वाणिज्य महासङ्घले पूर्वअध्यक्ष रविभक्त श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय अनुशासन समिति गठन गरिएको जनाएको छ । समितिको उपसंयोजकमा अर्का पूर्वअध्यक्ष कुशकुमार जोशीलाई मनोनयन गरिएको महासङ्घले आज एक विज्ञप्तिमार्फत बताएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया