त्रिकोणात्मक टि–२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ३७ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनायो।
उसका लागि बासडी लीडेले सर्वाधिक ४१ रन बनाए। कप्तान पीटार सीलारले नटआउट २२ , स्कट इड्रवासले ३०, म्याक्स ओदाउदले १० र एनोनियस स्टालले अविजित २० रन बनाए।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए भने साहब आलम र सोमपाल कामीले एक –एक विकेट लिए।
प्रतिक्रिया