आजबाट सुरु भएको त्रिदेशीय टि–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।
आज घरेलु मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमै एक विकेट गुमाएर पार गर्यो।
कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतकीय पारी खेले। उनले ४६ बलमा ५ छक्का र ५ चौका हान्दै ६२ रन जोडे।
आसिफ शेखले ३८ बलमा ४ छक्का र ४ चौका हानेर अविजित रहदै ५४ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल ७ बल खेल्दै १३ रनमा अविजित रहे।
प्रतिक्रिया