बढ्न थाल्यो जीडीपीमा आईसीटीको योगदान,  पुग्यो ७७ अर्ब बढि

३ बर्ष अगाडि

काठमाडौं - पछिल्लो समय नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रको योगदान वृद्धि हुँदै गएको छ । 

केन्द्रीय तथ्यांक विभागका अनुसार जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रतर्फको योगदान ७७ अर्ब १६ करोड ६५ लाख रुपैयाँबराबर पुगेको छ ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ‘कुल गार्हस्थ्य उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक तालिम तथा अन्तरक्रिया कार्यक्रममा तथ्यांक विभागका निर्देशक इश्वरी भण्डारीले दिएको जानकारीअनुसार जीडीपीमा यस क्षेत्रको योगदान २.२२ प्रतिशत छ । 

जसमा सन् २०१९/०२० मा सूचना प्रविधितर्फ २.२२ प्रतिशत रहेकोमा प्रकाशन(प्रसारणतर्फ ०.४८, टेलिकम्युनिकेशनको १.४७ प्रतिशत र कम्प्युटर कार्यक्रम लगायत अन्यको ०.२७ प्रतिशत देखिन्छ । ५१ अर्ब टेलिकम्युनिकेशन तथा साढे १६ अर्ब पत्रपत्रिका, सफ्टवेयर पब्लिसिङ, फिल्म, भिडियो, टेलिभिजन, रेडियो लगायतको योगदान देखिएको हो । 

विश्व बैंकको सन् २०१५ को तथ्यांक अनुसार दश प्रतिशत ब्रोडव्यान्ड पहुँच हुँदा मुलुकको कुल जिडिपीमा १.३८ प्रतिशत योगदान वृद्धि हुने देखाएको छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनिएनको २०१८ को रिपोर्टले विभिन्न देशमा टेलिकम क्षेत्रले २ देखि ५ प्रतिशतसम्म योगदान गरेको उल्लेख छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया