नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले गरेको ४ कीर्तिमान

आइतबार, ०५ बैशाख २०७८, ०९ : १९

काठमाडौं - नेपालले त्रिदेशीय शृंखलाअन्तर्गत उद्घाटन खेलमा सानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण वर्षदिन भन्दा लामो समय अवरुद्ध भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्कंदा नेपालले पहिलो खेलमै जित निकालिएको हो । यही खेलमा नेपाली खेलाडीहरूले नयाँ कीर्तिमानसमेत कायम गरेका छन् । 

यो जित र कीर्तिमानले अन्तर्राष्ट्रिय क्रिकेटमा १३ महिनापछिको नेपालको पुनरागमन अझ सुखद बनेको छ । उक्त खेलमा नेपाले गरेको चार कीर्तिमान निम्नअनुसार रहेको छ । 

१. पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी
कुशल भुर्तेल र आसिफ सेखले शनिबार पहिलो विकेटका लागि गरेको एक सय १६ रनको साझेदारी मान्यताप्राप्त टी–२० क्रिकेटमा नेपालको अहिलेसम्मकै ठूलो साझेदारी रह्यो । 

२. डेब्यु खेलमा सर्वाधिक रन 
कुशल भुर्तेलको ६२ रनको अर्धशतकीय इनिङ्स कुनै पनि नेपाली खेलाडीले मान्यताप्राप्त अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यु खेलमै बनाएको सर्वाधिक रन हो । आसिफको अविजित ५४ रनको योगफल आइसिसीको रेकर्डको दोस्रो स्थानमा छ । 

३. ठूलो अन्तरको जित 
नौ विकेटको जित नेपालले नेदरल्यान्ड्सविरुद्ध विकेटका आधारमा हात पारेकोमध्ये अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो । सबै प्रतिद्वन्द्वीविरुद्ध भने नेपालको यो तेस्रो नौ विकेटको जित हो । नेपालले यसअघि सिंगापुर र थाइल्यान्डविरुद्ध पनि नौ विकेटको जित हात पारेको थियो । 

४. टी–२० खेलमा डेब्यु 
कुशल भुर्तेल, आसिफ सेख, साहब आलम


 

आइतबार, ०५ बैशाख २०७८, ०९ : १९

प्रतिक्रिया