नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी बढेको छ । गत शुक्रबार प्रतितोला ९० हजार ५०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँ बढेको हो । 

यो सँगै आज प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । गत शुक्रबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया