त्रिकोणात्मक टी–२०: आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै

२ बर्ष अगाडि

नेपालमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन्।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः१५  बजे  सुरु हुनेछ।पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो।

नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ।

सिरिजका शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्। फाइनल वैशाख ११ गते हुनेछ।

२ बर्ष अगाडि

प्रतिक्रिया