आइपिएल मुम्बई शीर्ष स्थानमा, सबैभन्दा धेरै छक्का हिर्काउने भारतीय खेलाडी बने रोहित  !

३ बर्ष अगाडि

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा  मुम्बई इन्डियन्स विजयी भएको छ। शनिबार राति भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो । 

यो सिजन ३ मध्ये दुई खेल जित्दै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।मुम्बई इन्डियन्सले आईपीएल २०२१ सिजनमा आफ्नो दोस्रो जीत हासिल गरेको छ ।

खेलमा छक्काको कयौँ रेकर्ड बनेको थियो । यसमा रोहित शर्मा आईपीएलमा सबैभन्दा छक्का हिर्काउने भारतीय खेलाडी बनेका छन् । त्यस्तै, किरोन पोलार्डले प्रतियोगितामा २०१ औँ छक्का हिर्काउँदै विराट कोहलीको बराबरी गरेका छन् । पोलार्डले अन्तिम ओभरमा दुई छक्का हिर्काएका थिए । उनले २२ बलमा नटआउट रहँदै ३५ रन बनाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए ।

मुम्बईका कप्तान रोहित शर्माले टस जितेर पहिलो ब्याटिङ गरेका थिए । टोलीले ५ विकेटको क्षतिमा १५० रन बनायो । जवाफमा हैदरावादको टोलीले १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी ब्रेस्टोले २२ बलमा ४३ रनको पारी खेले  । कप्तान डेविड वार्नरले ३६ र विजय शंकरले २८ रन बनाए । मुम्बईका लागि चाहुल चाहर र ट्रेन्ट बोल्टले ३–३ विकेट लिए ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया