त्रिदेशीय टि–२०: मलेसियालाई १९३ रनको लक्ष्य, म्याक ओडोवडले तोडे रेकर्ड

३ बर्ष अगाडि

त्रिदेशीय टि–२० सिरिज अन्तरगर्त आज जारी दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १९३ रनको लक्ष्य दिएको छ।  

टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनायो ।

नेदरल्याण्ड्सका लागि म्याक ओडोवडले ७३ बलमा १३३ रन बनाउँदा १५ चौका र ६ छक्का प्रहार गरे।त्यस्तै स्कट एडवार्डसले ३१ रन बनाउँदा बेन कुपरले २० रन बनाए।

यस्तै म्याक्सले नयाँ रेकर्ड बनाएका छन । उनले टी २० मा करियरको पहिलो शतक बनाउँदा देशका लागिपनि यो विधामा शतक बनाउने पहिलो खेलाडी बने ।

बलिङतर्फ मलेसियाका पवनदीप सिंह र अनवर रहमानले १र१ विकेट लिए। मलेसिया केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया