त्रिकोणात्मक टि–२०: नेदरल्याण्ड्स जित, म्याक्सको सतक प्रहार

३ बर्ष अगाडि

त्रिकोणात्मक टि–२० क्रिकेट अन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्स जित हासील गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको हो ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७६ रन जोड्यो। 

त्यसअघि नेदरल्याण्ड्सका लागी  म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित १ सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए।

सोमबार हुने खेलमा नेपालले मलेसिया भिड्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया