इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । मंगलबार भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले ६ विकेट हराएको हो ।
१३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले पाँच बल बाँकी रहँदै जित निकाल्यो ।
दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।
मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।
मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।
मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए । यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए ।
जितसँगै दिल्ली क्यापिटल्स चार खेलमा तीन जितका साथ अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने चार खेलमा दुई जित र दुई पराजयका साथ मुम्बई इन्डियन्स चौथो नम्बरमा छ ।
यस्तै आज आइपिएलमा दुई खेल हुदैछ । दिउसो ३ः १५ बजे पञ्जाब किग्स र सनराइज़र्स हैदराबाद भिड्दै छन् भने साझ ७ः४५ बजे कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किग्स भिड्ने छन् ।
प्रतिक्रिया