नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको टि–२० वरियतामा परेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको १०० टी–२० ब्याट्सम्यानको सूचीमा कुशल ९३ औं स्थानमा परेका छन् । उनीबाहेक नेपालका पूर्वकप्तान पारस खड्का सूचीमा ८३ औं स्थानमा छन् ।
कुशलले हाल जारी रहेको त्रिकोणात्मक टी–२० सिरिजमा लगातार ३ अर्धशतक प्रहार गरेका थिए ।
यस्तै पारस खड्का १० स्थान तल झरेर ८३ मा पुग्दा सन्दीप लामिछाने बलिङतर्फ ७ स्थान सुधार गरेर ७७ मा उक्लेका छन् ।
प्रतिक्रिया