त्रिदेशीय टी–२०: नेदरल्यान्ड्स नेपाल फाइनलमा प्रवेश

बुधबार, ०८ बैशाख २०७८, १६ : ४८

नेपाल त्रिदेशीय  टी–२० क्रिकेट सिरिजको फाइनलमा पुगेको छ। बुधबार नेदरल्यान्ड्स र मलेसियाबीच भएको खेल बराबरमा सकिएपछी नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो।

नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ९ विकेटले नै हराएको थियो।

तेस्रो खेलमा भने नेपाल नेदल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो।  नेपाल ४ अंकको साथ रनरेटको आधारमा दास्रो ​स्थानमा रहेको छ।

५ अंक जोडेको नेदरल्यान्ड्स रन रेटको आधारमा शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको हो।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपालसँग हार ब्यहोरेको थियो भने दोस्रो खेलमा मलेसियालाई १५ रनले हराएको थियो।तेस्रो खेलमा नेदरल्यान्ड्स मलेसियासँग बरारबमा रोकिएको छ।

बुधबार, ०८ बैशाख २०७८, १६ : ४८

प्रतिक्रिया