कोरोना तीव्र गतिमा बढेपछि सरकारप्रति कलाकारको आक्रोश

विहीबार, ०९ बैशाख २०७८, १४ : ०८

एजेन्सी - भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । दोस्रो लहर सुरु भएसँगै धमाधम बलिउड सेलिब्रेटीहरु पनि यसको चपेटामा परिरहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएसँगै भारत एकैदिन धेरै कोरोना भाइरस संक्रमित थपिने संसारकै पहिलो देश बनेको छ । 

सङ्क्रमितको संख्या मात्रै नभई सङ्क्रमणबाट मृत्यु हुनेहरूको संख्या पनि उत्तिकै मात्रामा बढिरहेको छ । यसबीच अभिनेत्री रिचा चड्डाले सरकारप्रति आक्रोश पोखेकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सरकारप्रति आक्रोश पोखेकी हुन् । लेखेकी छिन्, 'तपाईंले जे पनि भन्न सक्नुहुनेछ, जस्तै, हामीसँग २० स्मार्ट सहर छ, हामी शक्तिशाली बन्ने छौँ । हामीसँग पाँच ट्रिलियन अर्थ व्यवस्था र जागिर हुनेछ १ तपाईंले चाहेको जे पनि भन्न सक्नुहुनेछ । किनकि, त्यो सबै झुटो हो । सत्य भनेको हामीसँग अक्सिजन सिलिन्डर, औषधि, बेड, खोप र मरेको मान्छे जलाउन काठ पनि हुँदैन ।'

रिचाको यो आक्रोशपूर्ण पोष्ट आएसँगै धेरैले आ–आफ्नो राज्यमा अक्सिजन, खोप अभावबारे सामाजिक सञ्जालमार्फत जानकारी गराइरहेका छन् ।

विहीबार, ०९ बैशाख २०७८, १४ : ०८

प्रतिक्रिया