'राधेस् योर मोस्ट वान्टेड भाई' बाट तोडे सलमानले आफ्नो वाचा

विहीबार, ०९ बैशाख २०७८, १५ : ०७

एजेन्सी - सलमान खानले आफ्नै वाचा तोडेका छन् । उनले आफ्नो बहु प्रतिक्षित फिल्म ‘राधे(योर मोस्ट वान्टेड भाइ’ बाट वाचा तोडेका हुन् । 

फिल्मको ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ । फिल्ममा सलमानका अलावा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ पनि मुख्य भूमिकामा छन् ।

फिल्मको ट्रेलरमा सलमानले दिशा पाटनीसँग फ्लर्ट गरेको देखिन्छ । साथसाथै उनले कहिल्यै नगर्ने भनेको आएको वाचा कसम तोड्ने सिन पनि दिएका छन् । ट्रेलरमा सलमानले दिशालाई किस गरिरहेको देखिन्छ । 

सलमानले वर्षौ पहिले पर्दामा कहिल्यै पनि किस नगर्ने बताएका थिए । सलमान लजालु स्वभाव भएका हिरो हुन् । उनी पर्दामा इन्टिमेसी र किसिङ्गलाई उपयुक्त मान्दैनन् ।

यसअघि फिल्म ‘भारत’मा सलमान र दिशा सँगै देखिएका थिए । फिल्मको गीत स्लो मोसनमा दिशाले सलमानको गालामा किस गरेकी थिइन् । उक्त सिनको निक्कै चर्चा भएको थियो । 

त्यतिबेला सलमानले आफूले यो सिन गर्न नचाहेको बताएका थिए । एकपटक सलमानले कपिल शर्मा शोमा आफूले अंग्रेजी फिल्म परिवारसँग हेर्न असहज महसुस गर्ने गरेको बताएका थिए । यद्यपि, अहिले सलमान आफ्नो मान्यताबाट पछि हटेर त्यसलाई सहज रुपमा लिन थालेको सन्देश राधेबाट दिन खोजेका बुझ्न सकिन्छ । 

यो एक्सन फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् । मे १३ अर्थात् इदको अवसरमा रिलिज हुने फिल्मको निर्माण सलमा खान र सोहेल खानले गरेका हुन् । 

विहीबार, ०९ बैशाख २०७८, १५ : ०७

प्रतिक्रिया