त्रिदेशीय टी-२० : नेपालको सानदार जित, १००औं खेल खेल्ने सन्दीप पहिलो खेलाडी

विहीबार, ०९ बैशाख २०७८, १७ : ०१

काठमाडौं - त्रिदेशीय टी-२० सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ६९ रनको सानदार जित निकालेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले १९.१ ओभरमा अलआउट हुँदै १४८ रन बनायो । 

सुरुवाती ब्याटिङ गरेको नेपालका लागि आक्रामक ब्याटिङ गरेका करण केसीले सर्वाधिक ४५ रन बनाए । उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए । त्यस्तै आशिफ शेखले ४२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ र कुशल भुर्तेलले १६ रन बनाउँदा कुशल मल्ल १९ रनमा अभिजित रहे ।

मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सइद अजिजले समान २/२ विकेट लिँदा मुहम्मद वाफिकले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि अमिनुद्धिन् राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैज ३१ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए । यो खेलसँगै सन्दीप लामिछाने टी २० मा नेपालबाट १०० औं खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

यो सँगै नेपाल त्रिदेशीय सिरिजको शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको छ । फाइनलमा नेपालले शनिवार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

विहीबार, ०९ बैशाख २०७८, १७ : ०१

प्रतिक्रिया