कतारको एक कम्पनीमा रोजगारको अवसर : १०० नेपाली कामदारको माग, तलब कति ?

शुक्रबार, १० बैशाख २०७८, ०९ : १३

काठमाडौं - कतारले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको elecancia cabro trading and transport wll कम्पनीले ड्राइभरका लागि ५० जना र ह्याभि ड्राइभरका लागि ५० जना गरी जम्मा १०० जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले एडभान्स मेनेजमेन्ट ग्रुप प्रा लि को कार्यालय सामाखुसी काठमाडौंमा बैशाख १७ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शुक्रबार, १० बैशाख २०७८, ०९ : १३

प्रतिक्रिया