ओमनले माग्यो नेपाली महिला कामदार, यस्तो छ सेवा, सुविधा र तलब !

शुक्रबार, १० बैशाख २०७८, १२ : २२

काठमाडौं - ओमनले नेपाली कामदारको माग गरेको छ । मस्कट सहरमा रहेको durat al-yahamdi trad कम्पनीले hairstylist का लागि एक जना र manicurist का लागि एक जना गरी जम्मा २ जना महिला नेपाली कामदारको माग गरेको हो । 

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ५६ हजार माथि पाउनेछन् । इच्छुक कामदारले ह्याप्पी नेपाल इम्प्लोइमेन्ट प्रा लि को कार्यालय महाराजगन्ज काठमाडौंमा बैशाख १७ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शुक्रबार, १० बैशाख २०७८, १२ : २२

प्रतिक्रिया