किन छोडे अजयले १८० करोडको फिल्म ?

शुक्रबार, १० बैशाख २०७८, १४ : १६

एजेन्सी - बलिउड अभिनेता अजयले देवगन छोडे १८० करोड बजेटको फिल्म छोडेका छन् । उनले यशराज ब्यानरको सुपरहिरो फिल्म छोडेका हुन् । 

केही समय अघिदेखि सञ्चारमाध्यममा उनी फिल्मको सुपरभिलेन चरित्रमा देखिने चर्चा चलेको थियो । भारतीय समाचारका अनुसार व्यस्त समय तालिका भएपछि उनले यो फिल्मबाट हात झिकेका छन् ।

अजयको हातमा अहिले ७ देखि ८ फिल्म छन् । जसमध्ये केहीको छायांकन पुरा भइसकेको छ भने केहीको पुरा हुन बाँकी छ ।

निकै लामो समयदेखि रोकिएको यो फिल्ममा अभिनेता चंकी पाण्डेका भतिज अहान पाण्डे डेब्यु गर्दैथिए । जसको बजेट १ सय ८० करोड रुपैयाँ थियो । 

अजयले समय दिएको भए यो फिल्ममा अहानको द्वन्द्व अजयसँग हुने निश्चित थियो ।

शुक्रबार, १० बैशाख २०७८, १४ : १६

प्रतिक्रिया