काठमाडौं - जोर्डनले शून्य लागतमा भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।
जोर्डनको अमान सहरमा रहेको alyoubel international for recruiting njdw कम्पनीमा हाउस मिन्डका लागि ५० जना महिला कामदार र जोर्डन सहरमा रहेको al-basha for recruiting and hiring non jordanian workers कम्पनीमा हाउस मिन्डका लागि ५० जना र अफिस सेक्युरिटिका लागि १ जना महिला गरि जम्मा १०१ जना नेपाली महिला कामदारको माग गरेको हो ।
न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ४७ हजार माथि देखि ३५ हजार माथि सम्म पाउने छन् । इच्छुक कामदारले भैरव इनटरनेशनल सर्भिस प्रा लि को कार्यालय सिनामंगल काठमाडौंमा बैशाख १७ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क रोजगारदाताले बेहोर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया