एजेन्सी - भिडियो सेयरिङ एप टिकटकविरुद्ध रिट दायर भएको छ । बालबालिकाको तथ्याङ्क संकलन तथा दुरुपयोग गरेको आरोपमा टिकटकविरुद्ध रिट दायर भएको हो ।
इङल्याण्डको बालबालिका आयोगकी पूर्वआयुक्त एन्नी लङफिल्डले टिकटकमाथि त्यस्तो आरोप लगाउँदै रिट दायर गरेकी छिन् ।
बेलायत तथा यूरोपेली युनियन क्षेत्रका लाखौं बालबालिकाको डेटा दुरुपयोगको हवाला दिँदै सम्बन्धित मुलुक र क्षेत्रमा लङफिल्डले मुद्दा दायर गरेकी हुन् ।
तर, टिकटकले उक्त आरोप निराधार रहेको भन्दै त्यसको प्रतिवादमा आफू लड्ने बताएको छ । बालबालिकाहरूको व्यक्तिगत जानकारीहरू जस्तै फोन नम्बर, भिडियो, लोकेसन तथा बायोमेट्रिक डेटा पर्याप्त जानकारी, पारदर्शिता र आवश्यक सहमतिबिनै संकलन गर्ने गरेको आरोप टिकटकमाथि छ ।
त्यसको प्रतिक्रियामा टिकटकले गोपनीयता र सुरक्षा सधैँ आफ्नो शीर्षस्थ प्राथमिकतामा रहेको बताएको छ । साथै कम्पनीले आफ्ना प्रयोगकर्ताहरू विशेषगरी युवाहरूलाई ध्यानमा राखेर उनीहरूको हित र गोपनीयता सुरक्षाका लागि बलियो नीति, प्रक्रिया तथा प्रविधि आफूसँग रहेको बताएको छ ।
प्रतिक्रिया