धरहरा ढल्दा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारी

शनिबार, ११ बैशाख २०७८, १३ : २५

काठमाडौं - धरहरा ढल्दा मृत्यु भएका परिवारका एक सदस्यले रोजगारी पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढल्दा मृत्यु भएका परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेका हुन् ।  

पुननिर्मित धरहराको आज उद्घाटन कार्यक्रममा बोल्दै उनले ०७२ सालमा धरहरा ढल्दा मृत्यु भएकाको परिवारको एक सदस्यलाई धरहरा वरिपरि नै रोजगारी दिने घोषणा गरेका छन् ।
  । 

कामको प्रकृती नमिले अन्य स्थानमा रोजगारी उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले अब उप्रान्त धरहरा नढल्ने दाबी गरे ।

उनले आज घरघरमा दिपावली गर्न पनि आग्रह गरे ।

शनिबार, ११ बैशाख २०७८, १३ : २५

प्रतिक्रिया