वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली कामदारलाई चिन्ता

शनिबार, ११ बैशाख २०७८, १४ : १३

काठमाडौं - फेरी कोरोना भाइरसको संक्रमण बढ्ना थाले सँगै पुनः अन्तर्राष्ट्रिय उडान रोकिन सक्ने त्रास बढेको छ । यो सँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार आतङ्कित हुन थालेका छन् ।

भारतमा संक्रमण तीव्र रुपमा फैलिएपछि नेपालले विगतमा जस्तै भारतसँगको स्थलमार्गमा  आवागमन कडाइ शुरु गरेको छ । त्यस्तै हवाई उडान पनि बन्द गर्नुपर्ने कतिपयको विश्लेषण देखिएन थालेको छ  ।

भारतमा देखिएको संक्रमण उच्च दरमा बढेपछि विभिन्न देशले भारत उडानमा प्रतिबन्ध लगाएका छन् । शुरुमा साउदी अरबले उडान प्रतिबन्ध लगाएकोमा केही दिनअघि यूएईले भारतमा उडान स्थगित गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल नेपाल–भारतबीच दैनिक एक÷एक उडान भए पनि नेपालले उडान स्थगित गर्ने विषयमा छलफल थाल्नु उपयुक्त हुने जनाएको छ । नेपालसँग हालसम्म कुनै देशले अन्तर्राष्ट्रिय उडान स्थगन गरिसकेका छैनन् । तर नेपालमा कोरोना सङ्क्रमणको बढ्दो फैलावटले उडान रोकिन सक्ने धेरैको चिन्ता छ ।

उडान रोकिएमा करार अवधि सकिएर बिदामा स्वदेश फर्किन पर्ने न्यून तलबमा विदेशमा काम गर्ने नेपाली कामदार प्रभावित हुने छन् । हाल घर फर्किनु पर्ने केही कामदार कोरोना भाइरसको सङ्क्रमणले विदेशमै रहेका छन् ।

मलेसियास्थित नेपाली दूतावासले जेल अवधि समाप्त गरेका तर कोरोना संक्रमित भएका २६ नेपाली डिटेन्सन सेन्टरमा रहेका छन् ।

शनिबार, ११ बैशाख २०७८, १४ : १३

प्रतिक्रिया