त्रिकोणात्मक टी–२०: रेकर्ड तोड्दै नेपाल १४२ रनले विजयी

शनिबार, ११ बैशाख २०७८, १६ : ४१

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले  सानदार जित हासील गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले  नेदरल्याण्डलाई १४२ रन पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको हो ।   

५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । सोही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए ।  यस्तै करण केसीले  ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट र अविनाश बोहोराले १ विकेट लिए ।  

शनिबार, ११ बैशाख २०७८, १६ : ४१

प्रतिक्रिया