म हिन्दुराष्ट्रको पक्षमा छु : अभिनेत्री गौरी मल्ल

आइतबार, १२ बैशाख २०७८, ०९ : ५२

काठमाडौं - चर्चित अभिनेत्री गौरी मल्लले आफू हिन्दु राष्ट्र नेपालको पक्षमा रहेको बताएकी छिन् । उनले एक अन्तरवार्ता कार्यक्रममा यस्तो भनेकी हुन् ।  

साथै उनले नेपालमा राजसंस्था फर्कनुपर्छ भन्ने आफ्नो माग र जिकिर नभएको पनि स्पष्ट पारेकी छिन् । तर, नेपाललाई हिन्दुराष्ट्र भने बनाउनुपर्ने उनको माग रहेको छ ।

उनले उक्त अन्तरवार्तामा भनेकी छिन्, 'म हिन्दुराष्ट्रको पक्षमा हो । म हिन्दु राष्ट्रमै परिचित मान्छे हुँ । विदेश जाँदा पनि हिन्दु राष्ट्र भएको देशबाट आएको कलाकार भनेर सम्मान पाएको व्यक्ति हुँ । तर, म हिन्दुराष्ट्र बनाउनको लागि प्लेकार्ड बोकेर भने सडकमा आउँदिन् ।' 

उनले आफूलाई राजनीतिमा आउनको लागि प्रस्ताव आएको भएपनि आफू नजाने बताइन् । उनले अहिले कलाकारितामै आफूले आनन्द लिइरहेको बताइन् । 

आइतबार, १२ बैशाख २०७८, ०९ : ५२

प्रतिक्रिया