आईपीएल: अंक तालिकाको पुछारमा कोलकाता, आज दुई खेल हुने

आइतबार, १२ बैशाख २०७८, ११ : ४०

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ।हिजो भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजीत गरेको हो । 

राजस्थानले कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गरेको हो।

टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनायो ।  जवाफी  ब्याटिङमा उत्रिएको राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गरेको हो।

राजस्थानको जितमा कप्तान सन्जु सामसनले नटआउट ४२ रन बनाए भने डेभिड मिलर २४ रनमा नटआउट रहे।यसैगरी, यजश्वी जयसवाल र शिबम दुवेले समान २२–२२ रन बनाएका थिए।

कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिँदा शिबम् माभी र प्रसिद्ध कृष्णले एक–एक विकेट लिए। राहुल त्रिपाठीले सर्वाधिक ३६ रन बनाउँदा दिनेश कार्तिकले २५ तथा नितिस राणाले २२ रनको योगदान गरे।

कोलकाताका लागी  क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिएका थिए।

राजस्थानको यो दोस्रो जित हो । सँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ।

अंक तालिकाको अन्त्यमा रहेको कोलकाताले भने पाँच खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। 

यस्तै आईपिएलमा आज दुई खेल हुने छन् । पहिलो खेल चेन्नई सुपर किग्स र  रोयल चैलेजर्स बैंगलोर बिच नेपाली समय अनुसार दिँउसो ३ः४५ बजे बाट सुरु हुने छ भने दोश्रो  खेल सनराइज़र्स हैदराबाद र  दिल्ली कैपिटल्स बिच साँझ ७ः४५ बजे बाट सुरु हुने छ ।
 

आइतबार, १२ बैशाख २०७८, ११ : ४०

प्रतिक्रिया