कतारको एक कम्पनीमा रोजगारको अवसर : भारी सङ्ख्यामा नेपाली कामदारको माग, तलब कति ?

आइतबार, १२ बैशाख २०७८, १२ : ४७

काठमाडौं - कतारको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको अल जेब्रे ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीले लेवरका लागि ५० जना र मसोङका लागि ५० जना गरी जम्मा १०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ३२ हजार माथि देखि ३६ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले डाइमन्ड स्टार ओभरसिज प्रा लि को कार्यालय बुद्धनगर काठमाडौंमा बैशाख १९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 
 
 
 

आइतबार, १२ बैशाख २०७८, १२ : ४७

प्रतिक्रिया