एजेन्सी - दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले बीचमै इन्डियन प्रिमियर लिग ९आईपीएल० छाडेका छन् ।
उनले परिवारसँग समय बिताउन भन्दै टिम छाडेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् । आइतबार दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै चौथो जित हात पारेपछि आश्विनले प्रतियोगिता छाड्ने निर्णय लिएका हुन् ।
साथै उनले अवस्थाले साथ दिए फेरि फर्कने समेत जनाएका छन् ।
प्रतिक्रिया