दुबईको एक कम्पनीमा रोजगारको अवसर : भारी संख्या नेपाली कामदारको माग, तलब कति ?

सोमबार, १३ बैशाख २०७८, १३ : १४

काठमाडौं - दुबईको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दुबईको एक सहरमा रहेको एमबिके सेक्युरिटी सर्भिस कम्पनीले सेक्युरिटी गार्डका लागि ३९ पुरुष र १९ महिला गरी जम्मा ५५ नेपाली कामदारको माग गरेको हो । 

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ६४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले इरो एसिया एचआर सोलुसन प्रा. लि. को कार्यालय सामाखुसी काठमाडौंमा बैशाख २० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

सोमबार, १३ बैशाख २०७८, १३ : १४

प्रतिक्रिया