काठमाडौं - वाणिज्य विभागले बालाजुमा रहेको एक मासु पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पसलबाट मासु बिक्री गर्दा खरिद बिक्री मूल्य नराखेको आरोपमा बालाजु चिकेन हाउसलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
कुखुराको। मासुको मूल्य बढेको बारेमा परेको गुनासो सम्बोधन गर्न गरिएको बजार अनुगमन क्रममा उक्त मासु पसललाई जरिवाना गरिएको बताइएको छ ।
मासुको मूल्य बढेकोबारे विभागमा परेको गुनासोहरू सम्बोधन गर्न विभागले अनुगमनलाई तीब्र बनाएको छ । बजारमा तरकारी तथा मासुको मूल्य अवस्थाबारे अध्ययन गर्न मुख्य नाकाहरुमै मासु तथा तरकारीको मूल्य अनुगमन सुरु गरिएको छ ।
प्रतिक्रिया